२७ भदौ २०८३, शनिबार | September 12, 2026

आज नेपाल र यमन बिच प्रतिस्पर्धा हुदैँ, साँझ ७ बजेबाट खेल सुरु हुने



काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा आज (मंगलबार) यमनविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ४-० को हार बेहोरेको थियो । छनोटको आगामी चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललाई आज जितको आवश्यकता छ ।

खेलको पूर्वसन्ध्यामा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले पनि यमनविरुद्ध जित्नका लागि खेल्ने बताएका थिए ।

“यमनसँग नेपालको यसअघिका खेलको नतिजा राम्रो छैन । सन् २०१७ मा गोलरहित बराबरी खेल्नुबाहेक नेपालले सबै खेलमा हार बेहोरेको छ । यसपटक हामी जित्न चाहन्छौँ । हामी उच्चस्तरको प्रदर्शन गर्न चाहन्छौँ । किनकि हामी निकै बलियो टिमसँग खेल्न जाँदैछौँ । जोसँग निकै अनुभवी प्रशिक्षकको साथ छ,” उनले भने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल राति ७ बजेदेखि सुरु हुनेछ । खेल राति अबेरसम्म हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थकलाई घर फर्किन विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरेको छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यस समूहमा नेपालसँगै यमन, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहराइन छन् । यसअघि पहिलो खेलमा नेपाल यूएईसँग उसैको मैदानमा ४-० ले पराजित भएको थियो ।

नेपालले यसअघि छनोटको पहिलो चरणमा लाओसविरुद्ध समग्रमा २-१ को जित निकालेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ३३ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ