४ पुस २०८२, शुक्रबार | December 19, 2025

विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलामै विमानको आकृति



भैरहवा । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् । नियमित विमान सञ्चालनका लागि यहाँका व्यवसायीले पटक-पटक विमानस्थल अगाडि नै विभिन्न विरोधका कार्यक्रम गरेका छन् ।

विरोधको यसै कार्यक्रमलाई जनस्तरमा लैजान एवं अन्तर्राष्ट्रिय विमानस्थल नियमितरुपमा सञ्चालनमा ल्याउन दबाब दिने उद्देश्यले स्थानीय ब्यवसायीले नौलो तरिका अपनाएका छन् ।

बुधबारदेखि रुपन्देही उद्योग व्यपार सङ्गठनले भैरहवामा आयोजना गर्ने छैठौँं लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा कृत्रिम विमान निर्माण गरेका छन् । “विमानस्थललाई नै हेरेर यहाँ करिब रु ८० अर्ब बराबरको लगानी भएको छ ।” सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले भने, “सरकारले यसको सञ्चालनमा उदासिनता देखाएपछि जनस्तरमै दबाब सिर्जना गर्ने उद्देश्यले मेलामै विमान निर्माण गरेका हौँ ।”

करिब रु पाँच लाखको लागतमा भारतका कालिगढ बोलाएर प्रवेशद्वारमा विमानको आकृति तयार हुदैछ । मेलाको सुरुमै राखिएकाले मेला अवलोकनका लागि आउने दर्शकको पहिलो नजरमै यसमै परोस् भन्ने मनसायले विमान निर्माण गरिएको सङ्गठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।“लगाउनेले यसको विभिन्न अड्कल लगाउलान तर यो बनाउनुको एक मात्र उद्देश्य अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिनु हो ।” उनले भने, “यसले यो क्षेत्र विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायी कति पीडामा छन् भन्ने पनि देखाउछ ।”

बुधबारदेखि सुरु हुने प्रादेशिक महोत्सवमा प्रवेशद्वारसँगै मेला सचिवालय अर्घाखाँचीस्थित प्रसिद्ध सुपा देउराली मन्दिरको आकृति बनाइको छ । स्थानीय उत्पादन र कृषि प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित मेला मङ्सिर १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खेलकुद प्रवद्र्धनका लागि भलिबल, कुस्तीलगायत खेल आयोजना गरिने पूर्वअध्यक्ष श्रेष्ठले बताए । तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानको समेत सहभागिता रहने उनको भनाइ थियो । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा तीन सय ५० स्टल हुने बताइयो ।

भैरहवामा मेला महोत्सव एवं सार्वजनिक कार्यक्रमका लागि जग्गाको व्यवस्था नहुँदा वर्षैपिच्छे अस्थायी संरचना बनाउनमै लाखौँ रुपैया लाग्ने गरेको व्यवसायीले गुनासो गरे । उद्योग ब्यपार सङ्गठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीले यस विषयमा पनि सरोकारवाला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

तस्वीर : शम्भु पन्त

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : २८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा