८ बैशाख २०८३, मंगलबार | April 22, 2026

उत्तरकाशीमा १२ दिनदेखि सुरुङमा फसेका मजदुरलाई आज निकालिदै



भारत उत्तराखण्डको उत्तरकाशीमा निर्माणाधीन सिल्कारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारका लागि विभिन्न निकायको काम अन्तिम चरणमा पुगेको छ ।

यसैलाई ध्यानमा राखेर एम्बुलेन्स तयार राखिएको छ र घटनास्थलमा डाक्टर बोलाइएको छ ।

विगत केही दिनदेखि सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुरलाई एक एक गरी बाहिर निकाल्ने जिम्मेवारी राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)को १५ सदस्यीय टोलीलाई दिइएको छ ।

मजदुरलाई बाहिर निकाल्न भग्नावशेष छेडेर ८०० एमएम व्यासको स्टिल पाइप हालेर बाटो तयार भइरहेको छ, जसको निर्माण अन्तिम चरणमा पुगेको छ । कामदारलाई जुनसुकै बेला निकाल्न सक्ने बताइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी आफै उत्तरकाशीमा छन्, एनडीआरएफका सेकेन्ड इन कमाण्ड रविशंकर बधानीले भने कि एनडीआरएफका सिपाहीहरूले कामदारहरू फसेको पाइपमार्फत भग्नावशेषको अर्को छेउमा कसरी पुग्ने भन्ने अभ्यास गरेका छन्।

कामदारलाई बाहिर निकालेपछि ४१ एम्बुलेन्समा चिल्यानसौर सामुदायिक स्वास्थ्य केन्द्र लगिने छ । यहाँ ४१ शैयाको अस्पताल तयार गरिएको छ । यस अस्पतालमा कामदार लैजान ग्रीन कोरिडोर बनाइएको छ । यदि आवश्यक भएमा कामदारहरूलाई ऋषिकेश एम्समा एयरलिफ्ट गर्न सकिन्छ ।

सिल्क्यरा सुरुङ दुर्घटना गत नोभेम्बर १२ मा बिहान ४ बजेदेखि थुनिएका छन ।  सुरुङको प्रवेश बिन्दुको २०० मिटर भित्र ६० मिटरसम्म माटो डुबेको थियो । ४१ जना मजदुरभित्र फसेका छन् । सुरुङभित्र फसेका कामदारहरू बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, ओडिशा, उत्तराखण्ड र हिमाचल प्रदेशका छन्। यो सुरुङ चारधाम सडक आयोजना अन्तर्गत निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ८ : ०९ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति