४ पुस २०८२, शुक्रबार | December 19, 2025

उत्तरकाशीमा १२ दिनदेखि सुरुङमा फसेका मजदुरलाई आज निकालिदै



भारत उत्तराखण्डको उत्तरकाशीमा निर्माणाधीन सिल्कारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारका लागि विभिन्न निकायको काम अन्तिम चरणमा पुगेको छ ।

यसैलाई ध्यानमा राखेर एम्बुलेन्स तयार राखिएको छ र घटनास्थलमा डाक्टर बोलाइएको छ ।

विगत केही दिनदेखि सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुरलाई एक एक गरी बाहिर निकाल्ने जिम्मेवारी राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)को १५ सदस्यीय टोलीलाई दिइएको छ ।

मजदुरलाई बाहिर निकाल्न भग्नावशेष छेडेर ८०० एमएम व्यासको स्टिल पाइप हालेर बाटो तयार भइरहेको छ, जसको निर्माण अन्तिम चरणमा पुगेको छ । कामदारलाई जुनसुकै बेला निकाल्न सक्ने बताइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी आफै उत्तरकाशीमा छन्, एनडीआरएफका सेकेन्ड इन कमाण्ड रविशंकर बधानीले भने कि एनडीआरएफका सिपाहीहरूले कामदारहरू फसेको पाइपमार्फत भग्नावशेषको अर्को छेउमा कसरी पुग्ने भन्ने अभ्यास गरेका छन्।

कामदारलाई बाहिर निकालेपछि ४१ एम्बुलेन्समा चिल्यानसौर सामुदायिक स्वास्थ्य केन्द्र लगिने छ । यहाँ ४१ शैयाको अस्पताल तयार गरिएको छ । यस अस्पतालमा कामदार लैजान ग्रीन कोरिडोर बनाइएको छ । यदि आवश्यक भएमा कामदारहरूलाई ऋषिकेश एम्समा एयरलिफ्ट गर्न सकिन्छ ।

सिल्क्यरा सुरुङ दुर्घटना गत नोभेम्बर १२ मा बिहान ४ बजेदेखि थुनिएका छन ।  सुरुङको प्रवेश बिन्दुको २०० मिटर भित्र ६० मिटरसम्म माटो डुबेको थियो । ४१ जना मजदुरभित्र फसेका छन् । सुरुङभित्र फसेका कामदारहरू बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, ओडिशा, उत्तराखण्ड र हिमाचल प्रदेशका छन्। यो सुरुङ चारधाम सडक आयोजना अन्तर्गत निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ८ : ०९ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका