२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मन्त्रिपरिषद् बैठक : उपरथी पाण्डे र उर्जासचिव घिमिरेको राजीनामा स्वीकृत



काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले पाण्डे र घिमिरेको राजनीनामा स्वीकृत गरेको हो ।

उपरथी पाण्डेले उमेर विवाद सार्वजनिक भएपछि राजनीनामा दिएका थिए । उनी प्रधानसेनापतिको रोलक्रममा रहेका थिए । पाण्डेको राजीनामा कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत भएको छ ।

यसैगरी ऊर्जा सचिव घिमिरेले आफ्नो पदावधि सकिनुभन्दा एक महिना अघि राजीनामा दिएका थिए । मन्त्रिपरिषद बैठकले पाण्डे र घिमिरेको राजनीनामा स्वीकृत गरेको संचारमन्त्री रेखा शर्माले बताइन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : ४९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले