१८ असार २०८३, बिहिबार | July 2, 2026

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत



पोखरा । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

खेलमा जीतका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको आयोजक रातो १४ ओभरको दोस्रो बलमा अलआउट हुँदै जम्मा ७५ रनमात्र जोड्न सफल भयो । ‘म्यान अफ दि म्याच’ घोषित बागमतीका रीत गौतमले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७४ रनको महत्वपूर्ण पारी खेले । शुभ कंसाकारले २२ बल खेल्दै २७ रन बनाए । आयोजक रातोका बिप्रासन केसीले दुई तथा सन्देश थापा र सन्तोष यादवले समान एक–एक विकेट लिए ।

बागमतीका सन्दीप लामिछानेले चार तथा सुवास खत्रीले तीन विकेट लिए । आयोजकका अमर मिश्र र विजय प्रजापतिले समान १३–१३ रन, सन्तोष यादव १२ र निर्मल थापाले १० रन बनाए पनि अन्यले दोहोरो अङ्कको रन ल्याउन सकेनन् ।

शुक्रबार दोस्रो दिनको खेल कर्णाली र बागमती प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिताको उद्घाटन अध्यक्ष ओलीले गरेका थिए ।

प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : १८ बजे

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि

दुई गोलले पछि परेको बेल्जियमको चमत्कारी पुनरागमन, अन्तिम १६ मा स्थान सुरक्षित

काठमाडौं । अतिरिक्त समयको अन्तिम मिनेटमा कप्तान युरी टिलेमान्सले पेनाल्टीमार्फत

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच

डीआर कंगोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा