१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अल नासरको जितमा रोनाल्डोको दुई गोल



काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३-० गोल अन्तरले पराजित गरेको हो  ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोले खेलको ७७ र ८० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को गोल खेलको १३ औं मिनेटमा सामी अल नाजेइले गरेका थिए ।

यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।  साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शिर्ष स्थानमा रहेको छ  ।

त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ३१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान