२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

राजावादीहरुले झापामा शक्ति प्रदर्शन गर्दै, पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हुने



काठमाडौं । राजावादीहरुले आज (शुनिबार) झापामा ‘शक्ति’ प्रदर्शन गर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको शक्ति प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुने बताइएको छ ।

पूर्वराजा शाह कलेज उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरणको लागि शुक्रबार झापा जाने कार्यक्रम यसअघि नै तय भएको थियो । ज्ञानेन्द्रको आगमनलाई राप्रपाले शक्ति प्रदर्शन कार्यक्रममा परिणत गरेको हो ।

पूर्वराजा शाह शुक्रबार अपराह्न नै झापा पुगिसकेका छन् । उनले बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्‌घाटन र कलेज क्षेत्रमा नै निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेछन् ।

उनलाई शनिबार मोटरसाइकल र्‍यालीमार्फत् बिर्तामोड पुर्‍याउने कार्यक्रम छ । मोटरसाइकल र्‍यालीमा राप्रपाका ५ हजार बढी कार्यकर्ता सहभागी हुने बताइएको छ ।

पूर्वाराजा शाह समेतको उपस्थितिमा हुने शक्ति प्रदर्शनको व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामा नै बसिरहेका छन् ।

राजतन्त्र फर्काउने मागसहित मेडिकल व्यवसायी दुर्गा प्रसाई भने काठमाडौं केन्द्रीत ‘आन्दोलन’मा सहभागी छन् । प्रसाई केही दिन अगाडि झापाबाट काठमाडौं आएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : २१ बजे

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक