१८ असार २०८३, बिहिबार | July 2, 2026

नेपालगन्जमा पहिलो पटक राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुँदै



बुटवल । नेपालगन्जमा पहिलो पटक राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा फागुनको अन्तिम साताराष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो ।

ब्याडमिन्टन खेलको स्तर उन्नती तथा खेलाडीको विकास गर्ने उद्देश्यका साथ नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता गर्न थालिएको बाँके जिल्ला ब्याटमिन्टन संघले जनाएको छ । संघले लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईलाई शनिबार नेपालगन्जमा स्वागत गर्ने क्रममा खेलकुद प्रतियोगिताको घोषणा गरेको हो ।

छुट्टै कार्यक्रममा सहभागी हुन नेपालगन्ज पुगेका सदस्य सचिव भट्टराईलाई संघका पदाधिकारीहरुले स्वागत गरेका थिए । सो अवसरमा उनीहरुले प्रतियोगिताबारे तयारीको बारेमा भट्टराईलाई जानकारी समेत गराए ।

कार्यक्रममा सदस्यसचिव भट्टराईले खेल विकासमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सरकार निरन्तर खेल विकासमा लागेको बताए । प्रदेशमा हुने खेल गतिविधिका कारण युवाहरुमा आर्कषण बढेको भन्दै उनले सरोकारवाला निकायहरु खेल विकासमा एक ढिक्का भएर लाग्न सुझाव दिए ।

कार्यक्रममा संघका सचिव भक्त बहादुर गोदारले प्रतियोगितामा देशभरबाट बिभागिय सहित उत्कृष्ट खेलाडीहरु सहभागी हुने जानकारी दिए । उनले मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बि लेभल) र भेट्रान्स (४५ प्लस) गरि ३ ईभेन्टमा प्रतियोगिता हुने बताए ।

सचिव गोदारका अनुसार प्रतियोगितामा मेन्स डबल्स (खुल्ला) को उपाधि विजेताले नगद १ लाख रुपैया पुरस्कार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ भने दोस्रो टिमले नगद ७० हजार तथा तृतिय टिमले नगद ३० हजार रुपैया, मेडल, प्रमाणपत्र पाउने छन् । यसैगरि मेन्स डबल्स बि लेभलको प्रथम, द्धितिय र तृतिय टिमहरुले क्रमश ४० हजार, ३० हजार र १० हजार रुपैया तथा भेट्रान्सतर्फ प्रथम, द्धितिय र तृतिय टिमले क्रमश ५० हजार, ३० हजार र १० हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

३ दिन संचालन हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कर्भड हलमा आयोजना हुने संघका अध्यक्ष संजया थापाले बताए ।

 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : १६ बजे

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि

दुई गोलले पछि परेको बेल्जियमको चमत्कारी पुनरागमन, अन्तिम १६ मा स्थान सुरक्षित

काठमाडौं । अतिरिक्त समयको अन्तिम मिनेटमा कप्तान युरी टिलेमान्सले पेनाल्टीमार्फत

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच

डीआर कंगोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा