२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बाँकेमा सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर



नेपालगन्ज । नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय छ सय १७ जनाले स्वास्थ्य जाँच गराएको नेपाली सेनाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज स्थानीयहरु उत्साहजनकरुपमा स्वास्थ्यजाँच गराएका छन् ।

श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्वारा अनुगमन गरिएको उक्त शिविरमा ओभरीस्थित अर्जुनबाण गणका गणपति एवं नेपाली सेनाका सेनानी अशोक खड्काले सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग सहज पहुँच नभएका स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

“सहरसम्म पुगेर, महँगो अस्पतालमा पैसा खर्च गरेर, सामान्य स्वास्थ्य जाँच गराउनका लागि सबैले नसकिरहेको अवस्थामा हामीले यो शिविर गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेका हौँ”, गणपति खड्काले भने। उनले एकदिने शिविरमा स्वास्थ्य जाँच गराउन पाएकामा यहाँका स्थानीय बिरामी खुसी भएको बताए ।

मध्यवर्ती क्षेत्रका स्थानीय र सेनाबीचको सम्बन्ध विस्तारका लागि उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । मेडिकल कलेजका अन्य डाक्टरसँगै सेनाका विशषज्ञ डाक्टरद्वारा स्थानीयको स्वास्थ्य जाँच गराउँदा त्यसको विश्वसनीयता बढ्ने भएकाले सेनासँग समन्वय गरिएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत सुरेशकुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताए । नाक, कान र घाँटीका दुई सय ६० र स्त्रीरोगसम्बन्धी एक सय १२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी दुई सय ५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाडजोर्नी तथा नशाका दुई सय ४८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसैगरी मुटुरोगसम्बन्धी ८०, छालारोगसम्बन्धी ६२, रगत जाँच ३२ र मुटुको धड्कन (इसिजी) ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र आर्मी अस्पताल नेपालगञ्ज र राप्तीसोनारी गाउँपालिकाका एक चिकित्सक गरी नौ चिकित्सकले सेवा दिएको एचसिआरसी अस्पताल नेपालगन्ज बाँकेका रमेश सिटौलाले बताए । उनका अनुसार एक जना बिरामीको एकैपटक तीनदेखि चारवटासम्म स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा नेपाली सेनाका तर्फबाट हाडजोर्नीका डा अमिररत्न शाक्य, सामान्य स्वास्थ्य जाँचका डा सुरेश कायस्थ र नाक, कान घाँटीको डा कविर बाँस्तोलाले बिरामीको स्वास्थ्य जाँच गरेका थिए भने कोहलपुर मेडिकल कलेजबाट छालारोग विशेषज्ञ डा कमलजङ्ग शाही, मुटुरोग डा विपीन आर्चायले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । महिलाको स्वास्थ्य जाँचका लागि महिला प्रसूति निःसन्तान विशषज्ञ डा मञ्जु विसी शाह, छालारोग डा आरके झाले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ३९ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।