६ पुस २०८२, आइतबार | December 21, 2025

पेरिसको आप्रवासी बस्ने भवनमा आगलागी, तीनको मृत्यु



पेरिस । विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ । भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक बालकसहित ८ जना गम्भीर घाइते भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।

पेरिसबाट करिब १५ किलोमिटर टाढा रहेको आप्रवासी बाहुल्य सहर स्टेन्सको एउटा भवनको तहखानेमा दिउँसो २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

पेरिसका प्रहरी अधिकारीका अनुसार मृत्यु हुने तीनै महिला हाइटीका थिए । ती मध्ये एक महिला भवनको तेस्रो तल्लामा भाडामा लिने थिइन्। उनीसँगै उनकी बहिनी र साथी पनि थिइन्, जो बेलुकाको खानापछि त्यहीँ बसेका थिए । आगलागीको सूचना पाएर दमकलका २४ वटा गाडी घटनास्थलमा पुगेका थिए ।

भवनमा आगो लागेपछि उद्धार कार्यमा दमकलका कर्मचारीले निकै मिहिनेत गर्नुपरेको थियो । यस अवधिमा तीनै महिलाको शव फेला पार्न रातभरी लागेको थियो । अधिकारीका अनुसार आगलागीका कारण ६ वर्षीय बालक गम्भीर घाइते भएका छन् । उनी पहिलो तल्लामा आफ्ना आमाबुवा र दुई वर्षकी बहिनीसँग बस्थे।

२४ दमकल र ८८ फायर फाइटरहरूले आगो नियन्त्रण गर्न कडा मेहनत गर्नुपरेको थियो र एक फायर फाइटर सामान्य घाइते भएका थिए । यस क्रममा भवनमा रहेका अन्य व्यक्तिलाई बाहिर निकालेर खेलकुद हलमा आश्रय दिइएको थियो ।

पेरिस शहरका मेयर अजेदिन तैबीका अनुसार भवन मर्मत गर्नुपर्ने थियो। यसका लागि भवनमा बस्ने करिब १५ जनालाई आगामी बुधबार अस्थायी आवासमा सारिने भएको छ । यसबाहेक भवन भत्किने नभए पनि यसमा धेरै किसिमका काम गर्नुपर्ने स्थानीय पार्षदले बताए । यद्यपी यस क्रममा आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ५२ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक