९ श्रावण २०८३, शनिबार | July 25, 2026

भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु



नयाँदिल्ली । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले घाइतेहरुको निःशुल्क उपचार गर्न र उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

ट्रक चित्रकोन्डाबाट जोदम्बा तर्फ जाँदै गर्दा स्वाभिमान आँचल क्षेत्रको हन्तलागुडा घाटमा दुर्घटना भएको एक वरिष्ठ अधिकारीले बताए । त्यसपछि प्रहरी र स्थानीयले सिमेन्टको बोरामुनि पुरिएका पाँच मजदुरको शव र घाइतेलाई निकालेर अस्पताल पुर्याएका थिए ।

पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का एक घाइतेको अस्पतालमा मृत्यु भयो। घाइते कामदारहरूलाई जोडम्बाको नजिकैको सरकारी अस्पताल लगियो र पछि चित्रकोंडा लगिएको थियो ।

जानकारीका अनुसार मृतक सबै छिमेकी नबरङपुर जिल्लाको कोसागुमुडा क्षेत्रका बासिन्दा हुन् । नवरङपुरका सांसद रमेश माझीले अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ५६ बजे

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन