६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे



झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका-६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो ।

उनकी आमा सानी घिमिरेले खोजीका निम्ति सार्वजनिक अपिल गरेकी थिइन् । त्यसपछि गोपालको खोजी गरिएको थियो ।

शुक्रबार क्वालालम्पुरबाट काठमाडौं आएका गोपाल शनिबार घर आइपुगेको नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले जानकारी दिए ।

सांसद शर्माले मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका थिए । आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको उनले बताए ।

“गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन, उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो,” सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, “यो नै सबैभन्दा ठूलो खुसी हो ।”

गैरकानुनी रूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली एक लाख चार हजार १६० रुपैयाँ तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पंगेनीले जानकारी दिए ।

वि.सं. २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका निम्ति श्रम अनुमतिपत्र पाएर १९ वर्षको उमेरमा गोपाल मलेसिया गएका थिए । घर फर्कंदा उनी ३७ वर्षको भइसके ।

मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लगाइएको थियो । त्यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो ।

विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरिन् । उनले छोरा खोजिदिन पहल गरिदिने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिन् ।

मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको गोपालले बताए । “गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो,” उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, “यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ । आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु ।”

घरमा गोपालको एक छोरा पनि छन् । उनकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्‍याएर गुजारा चलाउँदै आएकी छन् । घरको आर्थिक स्रोतले खानलाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उनले बताइन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १२ : ३६ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर