२० मंसिर २०८२, शनिबार | December 6, 2025

गुजरातमा चटयाङमा परेर १३ जनाको मृत्यु



गुजरात । गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन ।

चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १-१ जनाको मृत्यु भएको छ । अमरेलीमा करेन्ट लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ ।

राज्यमा चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ । हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ । खेडामा सबैभन्दा बढी १५ जनावरको मृत्यु भएको छ ।

वर्षाको कुरा गर्दा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेशका २२९ तालुकमा पानी परेको छ । ६५ तालुकमा १ इन्चदेखि ४ दशमलव ४ इन्चसम्मको वर्षा भएको छ । सुरेन्द्रनगरमा सबैभन्दा बढी ४ इन्च वर्षा भएको छ । सुरत सहरमा साढे तीन इन्च, भाभर र राधनपुरमा साढे दुई इन्च वर्षा भएको छ ।

सौराष्ट्र र उत्तरी गुजरात सहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ । सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ । यहाँ राजकोट जिल्लामा राजमार्गमा यति धेरै असिना पर्‍यो कि केही समयको लागि कश्मीर जस्तै बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिउ झै अचानक भारी असिना परे पछि गाडीबाट हिँडेका मानिसले सेल्फी लिन थाले । जसका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेर जामसमेत भएको थियो । यस वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ, यद्दपी त्यसको विवरण भने आउन अझै बाँकी रहेको छ ।

यो वर्ष विपर्जोय चक्रवातका कारण सौ राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको थियो । यस अवधिमा धारी, अमरेली, जुनागढ र सावरकुण्डलाका ग्रामीण भेगमा मेघ गर्जनसहित वर्षा भएको छ । यो बर्षाका कारण गाउँलेहरु आफ्नो बालीनालीको चिन्तामा परेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ४१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय