२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

गुजरातमा चटयाङमा परेर १३ जनाको मृत्यु



गुजरात । गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन ।

चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १-१ जनाको मृत्यु भएको छ । अमरेलीमा करेन्ट लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ ।

राज्यमा चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ । हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ । खेडामा सबैभन्दा बढी १५ जनावरको मृत्यु भएको छ ।

वर्षाको कुरा गर्दा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेशका २२९ तालुकमा पानी परेको छ । ६५ तालुकमा १ इन्चदेखि ४ दशमलव ४ इन्चसम्मको वर्षा भएको छ । सुरेन्द्रनगरमा सबैभन्दा बढी ४ इन्च वर्षा भएको छ । सुरत सहरमा साढे तीन इन्च, भाभर र राधनपुरमा साढे दुई इन्च वर्षा भएको छ ।

सौराष्ट्र र उत्तरी गुजरात सहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ । सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ । यहाँ राजकोट जिल्लामा राजमार्गमा यति धेरै असिना पर्‍यो कि केही समयको लागि कश्मीर जस्तै बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिउ झै अचानक भारी असिना परे पछि गाडीबाट हिँडेका मानिसले सेल्फी लिन थाले । जसका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेर जामसमेत भएको थियो । यस वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ, यद्दपी त्यसको विवरण भने आउन अझै बाँकी रहेको छ ।

यो वर्ष विपर्जोय चक्रवातका कारण सौ राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको थियो । यस अवधिमा धारी, अमरेली, जुनागढ र सावरकुण्डलाका ग्रामीण भेगमा मेघ गर्जनसहित वर्षा भएको छ । यो बर्षाका कारण गाउँलेहरु आफ्नो बालीनालीको चिन्तामा परेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ४१ बजे

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक