२३ चैत्र २०८२, सोमबार | April 6, 2026

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? ’शिवम् सन्देश’ हेर्नुभयो ?



काठमाडौं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ ।

एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौ पनि । बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ । हाम्रो सपनाको घर निर्माण गर्ने क्रममा दुखले कमाएको सम्पत्ति बालुवामा पानी हाले सरि व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ’शिवम् सन्देश’ लिएर आएको छ ।

’शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं-जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो । यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।

घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने? जस्ता थुप्रै अति उपयोगी जानकारीहरु समेटिएको ’शिवम् सन्देश’ले ’’भरोसा अटुट सम्बन्धको’’ भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्याएको छ ।

भुकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ’शिवम् सन्देश’मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ’शिवम् सन्देश’मा समेटिएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ । निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ’शिवम् सन्देश’ उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : ५४ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै