२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव २५, लगानी समूह शून्य दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ३७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह शून्य दमलव ८९ र बैंकिङ समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

अपर स्याङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ७७ लाख ६३ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर चार लाख ९७ हजार तीन सय ६९ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : ४४ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक