२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिए । उनका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।

सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ सङ्क्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : १२ बजे

नव आगन्तुक बिद्यार्थीलाई सिसाकलम र कलम उपहार दिएर सिद्धेश्वर माबिको स्वागत

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ को पुरानो विद्यालय

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

काठमाडौं । साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो : प्रधानमन्त्री

काठमाडौँ, २७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल