९ श्रावण २०८३, शनिबार | July 25, 2026

१७ दिनदेखि सुरूङमा फसेका मजदुर निकाल्न भारतले सकेन अझै



उत्तर काशी । बिगत १७ दिन देखी सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन् ।उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७ औँ दिन हो ।

पटक पटक उद्दारका प्रयास भए पनि अझै पनि भारतले दिपावली देखी फसेका मजदुरलाइ निकाल्न नसकेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्ड सुरुङ भत्किएकाले उद्धार कार्यमा भएका पछिल्ला प्रयासले अहिलेसम्म आशाको किरण भने देखाउन नसकेको जनाउन थालेका छन ।

उनीहरुलाई छिट्टै सकुशल बाहिर निकालिने अधिकारीहरु निरन्तर भनिरहेका छन् तर वास्तविकता यो हो कि उद्धारको बीचमा एकपछि अर्को समस्याहरू आएकाले उद्दार कार्य १७ दिन देखी नै प्रभावहिन भइरहेका छन्र ।

पहिले ड्रिलिङका लागि ल्याइएको अमेरिकी मेसिन बिग्रिएर उद्दारमा समस्या भइरहेको बेला अहिले त्यहाँको खराब मौसमले नयाँ समस्या देखाउने संकेत गरिरहेको छ ।

खासमा के भइरहेको छ, बुझ्नुहोस्ः 

उत्तरकाशीको सिल्क्यरा सुरुङमा फसेका ४१ कामदारलाई पुर्‍याउन अमेरिकी औगर मेसिन बिग्रिएपछि म्यानुअल ड्रिलिङ भइरहेको छ । ८६ मिटर ठाडो ड्रिलिङ गर्न बाँकी रहेकोमा हालसम्म ३६ मिटर उत्खनन भइसकेको छ ।

नोभेम्बर  २४ गते सिल्क्यरा छेउबाट खनेर उद्धारको पाइप बिछ्याउने क्रममा अमेरिकाबाट ल्याइएको ड्रिलिङ मेसिनको ब्लेड कामदार बसेको स्थानभन्दा १२ मिटर अगाडि फुटेकाले उद्धारकर्ताले बीचमै रोकेर ब्लेड निकाल्नु परेको थियो ।

उत्तराखण्डको खराब मौसमले उद्धारका क्रममा नयाँ समस्याहरू सिर्जना गर्न सक्छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा वर्षा र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । यसले उद्धारमा समस्या निम्त्याउन सक्ने पनि उद्दारकर्ताहरूले जनाएका छन ।

प्रधानमन्त्री मोदीका विशेष सचिव पीके मिश्रा, गृह सचिव अजय के भल्ला र उत्तराखण्डका मुख्य सचिव एसएस सन्धु सुरुङमा जारी उद्धार कार्यको अवलोकन गर्न सोमबार घटनास्थल पुगेका थिए ।

सडक यातायात र राजमार्ग मन्त्रालयका अतिरिक्त सचिव महमूद अहमदले ठाडो ड्रिलिंग तीव्र गतिमा भइरहेको बताए । हालसम्म ३६ मिटर ठाडो ड्रिलिङ भइसकेको छ ।

मजदुरको मनोबल खस्कँदै गएको भन्दै घटनास्थलमा ५ जना चिकित्सकको टोली खटाइएको छ र उनीहरुले सुरुङमा फसेका मजदुरसँग दुई सिफ्टमा कुराकानी गरिरहेका छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म कामदारले माइकमार्फत चिकित्सकसँग आफ्नो मानसिक अवस्थाबारे जानकारी दिने गरेका छन् ।

सुरुङमा फसेका मजदुरका परिवारका सदस्यलाई पनि कुराकानी गर्न अनुमति दिइएको छ । उनीहरूले जब चाहाने छन, तब कुरा गर्न सक्ने छन । यसका लागि प्रशासनले उनीहरुलाई सुरुङ नजिकै बस्न शिविर बनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका सदस्य लेफ्टिनेन्ट जनरल ९निवृत्त० सैयद अता हसनैनले सुरुङमा फसेका कामदारको मानसिक स्वास्थ्यको ख्याल राखेर परिवारसँग कुरा गर्न दिईएको  बताए ।

सुरुङमा फसेका ४१ जना मजदुर छिट्टै बाहिर निस्कियोस् भन्ने कामनामा स्थानीयवासी सुरुङ नजिकै हवन गरिरहेका छन् । केन्द्रीय मन्त्री जनरल वीके सिंह पनि हवनमा सहभागी हुन सोमबार सिल्कारा सुरुङ नजिक पुगेका थिए ।

सुरुङ नजिकै पानी चुहिएको नोडल अधिकारी निरज खैरवालले बताए । यद्यपि, पानी ठूलो खतरा होइन, ठाडो ड्रिलिंगको क्रममा आएको पानी हटाइएको छ। तल कुनै जलचरहरू छैनन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : २६ बजे

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन