१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कान्तिपुर मल उपहार योजनामा सन्तोष मोक्तानले पाए यामाहाको मोटरसाइकल



काठमाडौं । काठमाडौंको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जितेका छन् ।

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् ।

उक्त मलले सोमबार उपहारको नतिजा प्रकाशन गरेको हो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषले प्रथम पुरस्कार हात पारेका हुन् । उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ ।

यस्तै, ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गरेका छन् ।

मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गर्ने भएको छ । मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजेतालाई एक हप्ताभित्र कान्तिपुर मलको केन्द्रीय कार्यालय नयाँबसपार्कमा दावी गरिसक्न आग्रह गरे ।

मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने उल्लेख गरे । उनले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरीद गर्नसमेत ग्राहकलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : ४८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’