२९ माघ २०८२, बिहिबार | February 12, 2026

केपी ओली कप : पुलिसलाई रनरेटमा पछि पार्दै मधेस प्रदेश सेमिफाइनलमा



काठमाडौं । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०८० मा नेपाल पुलिस क्लबलाई नेट रनरेटमा पछि पार्दै मधेस प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा मंगलबार समूह ‘सी’ को पुलिसले सुदूरपश्चिम प्रदेशसँग चार विकेटको हार बेहोरेपछि मधेसले सेमिफाइनल यात्रा तय गरेको हो ।

समूहका तीन वटै टिमले दुई खेलबाट समान दुई अंक जोडे पनि मधेस नेट रनमा अघि रह्यो । पुलिसविरुद्ध जित निकाले पनि सुदूरपश्चिमले अन्तिम-४ को यात्रा तय गर्न सकेन । मधेस शीर्ष स्थानमा रहँदा पुलिस दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाट बाहिरिए ।

मंगलबार पुलिसले प्रस्तुत गरेको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ५१ रन बनाए । उनले ३४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । ४६-५ को कठिन अवस्थामा किरणले नरेन्द्र साउदसँग ९३ रनको साझेदारी गर्दै टिमलाई जितउन्मुख गराएका थिए ।

नरेन्द्रले ३० बलमा पाँच चौका र एक छक्कासहित ३९ रन थपे । अन्तिममा किरणसँगै अविजित रहेको नारायण जोशीले १७ रन बनाए । कप्तान राजु रिजालले १९ र वसन्त कार्कीले १५ रन जोडे ।

पुलिसका राशिद खानले तीन विकेट लिए । सुनिल धमला र सागर ढकालले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ५१ बलमा समान पाँच चौका र छक्कासहित ६७ रन बनाएका थिए । सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन थपे ।

सुदूरपश्चिमका विकास आग्रीले दुई विकेट लिए । भोजराज भट्ट र बसन्त खत्रीले एक-एक विकेट लिए । यसअघि पहिलो खेलमा सुदूरपश्चिम मधेस प्रदेशसँग आठ विकेटले पराजित भएको थियो । यस्तै, मधेस प्रदेशले भने पुलिससँग ५७ रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : २२ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक