२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित



पोखरा । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो ।

खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो ।

टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक निलोलाई १७.५ ओभरमा ६७ रनमा रोक्न सफल भयो । ओपनर रोनिम तिवारीलाई फिर्दोश अन्सारीले सून्य रनमा पेभिलियन फर्काए पछि आयोजक निलो दवावमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोड्नु बाहेक चार जना खेलाडी डक आउट हुँदै पेभिलियन तिर फर्किए ।

आयोजकलाई सस्तैमा समेटन म्यान अफ दि म्याच समेत रहेका सर्वण यादवले ३ं.५ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २-२ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाए । तेश्रो क्रममा आएका मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे । उनी शुभम खनालको बलमा आउट भए ।

भोली विहिबार पोखरा रंगशालामा दुई सेमीफाइनल खेल सम्पन्न हुनेछन् । पहिलो खेल विभागिय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशका विच हुनेछ । फाइनल खेल शुक्रबार ११ बजे सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : ५३ बजे

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१