६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

मल्लकालीन दरबारको पुनःनिर्माण सुरु



भक्तपुर । भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालिन थन्थु दरबार पुनःनिर्माण सुरु गरिएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनःनिर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनःनिर्माण सुरु गरेको हो ।

नगरपालिका नयाँ भवनमा सर्नु अगाडि लामो समय कार्यालय भवनको रुपमा प्रयोग गरिएको थन्थु दरबार कार्य बहुवर्षीय योजनाअन्तर्गत पुनःनिर्माण अगाडि बढाइएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । उनका अनुसार दरबार मल्लकालीन शैलीमै पुनःनिर्माण गरिने छ । पुरातत्व विभागबाट नक्शा स्वीकृत गराई पुनःनिर्माण कार्य अगाडि बढाइएको उनको भनाइ थियो ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रको भूकम्पले क्षति पु¥याएर जीर्ण बनेका एवं टेकोको भरमा अडिएका सम्पदाको पुनःनिर्माणमा विदेशी दातृ निकायको लगानीमा बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिने कार्यको विरोध गर्दै आएको छ । यहाँका क्षतिग्रस्त सम्पदाको नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च जुटाउने भन्दै उपभोक्ता समिति एवं कालीगढबाट पुनःनिर्माण गर्ने अडान लिँदै आएको छ ।

यसअघि पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रो रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०९ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस