१० श्रावण २०८३, आइतबार | July 27, 2026

सुशासनको अभियानलाई गति दिँदैछौँँ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले आज फर्पिङमा आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तन पछाडि जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सरकारको ध्यान केन्द्रित भएको बताए ।

“सरकार योजनाबद्ध विकासमार्फत जनताको जीवनमा गुणात्मक फड्को मार्ने दिशामा अघि बढेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “सुशासन, समृद्धि र सामाजिक न्यायलाई वर्तमान सरकारले प्रमुख कार्यभार बनाएको छ ।” मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएकोे भए पनि अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्दै उनले अर्थव्यवस्थालाई लयमा ल्याएर समृद्धिलाई गति दिइने बताए।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग गम्भीररुपमा छलफल गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले छिट्टै सरकारले समस्या समाधानका लागि ठोस प्रयास अघि बढाउने बताए। सरकारले थालेको सुशासनको अभियान नरोकिएको उल्लेख गर्दै उनले सुशासनलाई गति दिने गरी सरकारले कार्ययोजना निर्माण गरिरहेको बताए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। आवश्यक कानुन संशोधन गरेर भूमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्न सरकार लागि परेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा भूमिहीनलाई जग्गा उपलब्ध गराइने बताए। त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र राजस्वमा आधा छुट दिने निर्णय गरिसकेको उहाँले जानकारी दिए ।

पार्टी तीन महिने रुपान्तरणको अभियानमा रहेको जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारका राम्रा कामलाई अभियानमार्फत जनतामा पु¥याउन नेता कार्यकर्तालाई निर्देशन दिए । “सरकारले इतिहासमै राम्रो काम गर्नुपर्ने अवस्था रहेको छ”, उनले भने, “नेता कार्यकर्ताले पनि पार्टीलाई रुपान्तरण गर्न ध्यान दिनुपर्छ ।” सो क्रममा माओवादीका स्थानीय नेता कार्यकर्ताले काठमाडौंको दक्षिणी भेग विकासमा पछि परेको गुनासो गरेका थिए ।

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : २१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले