१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लगानी सम्मेलनको तयारीमा कर्णाली प्रदेश सरकार



सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।

आर्थिक मामिला तथा योजनमन्त्री वेदराज सिंहले लगानी सम्मेलनका लागि सरकारले तयारी सुरु गरिसकेको जानकारी दिए। “प्रदेश सरकार यसै आवमा लगानी सम्मेलन गर्नेगरी तयारीमा जुटेको छ”, मन्त्री सिंहले भने, “हाम्रो वार्षिक कार्यक्रममा नै कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने भनेका छौँ । त्यहीअनुसार अहिले हामी तयारीमा लागेका छौँ ।”

कर्णाली प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले योजना बनाएको बताउँदै उनले प्रदेशभित्र उद्योग सञ्चालन गर्न सकिने क्षेत्रमा लगानी बढाइने मन्त्री सिंहले बताए। “कर्णालीका लागि उपयुक्त हुने खालका उद्योग स्थापना गर्ने र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हाम्रो योजना छ । प्रदेशमा रहेका स्रोतको उचित रुपमा प्रयोग गर्नेगरी हामीले लगानी भित्र्याउने गरी लगानी सम्मेलन गर्दै छौँ”, उनले भने। कर्णालीको स्रोतको उचित परिचालन गरी आन्तरिक आम्दानी बढाउने गरी सरकारले काम थालेको भन्दै त्यसमा सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १ : ५९ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको