३ पुस २०८२, बिहिबार | December 18, 2025

बागलुङ कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप – मापसे गरी प्रहरीमाथि कुटपिट



पोखरा। मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन ।

बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।

गए राती बागलुङ जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गरेको अभियोग प्रहरीले लगाएको छ । उनीसँगै ३५ वर्षीय निर्मल रानालाई पनि बागलुङ प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको बागलुङका प्रहरी नायव उपरीक्षक ९डिएसपी० मदन केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : ०१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका