१६ भदौ २०८३, मंगलबार | September 1, 2026

स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



धुलिखेल । धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ ।

विपद्का बेला हुने जोखिमको पूर्वतयारीमा अस्पतालले के–कसरी काम गर्ने र व्यवस्थापकीय तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरअस्पतालबीच सञ्चार समन्वय गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको आज धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आकस्मिक विभागका डा सम्झना बस्नेतले जानकारी दिए ।

शुक्रबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा चिकितसक र स्वास्थ्यकर्मी गरी भारतका दश जना र नेपालभित्रका ५० शय्याभन्दा माथिका अस्पतालबाट गरी करिब एक सय ३० देखि एक सय ४० जनाको सहभागिता रहनेछ ।

प्राकृतिक र मानवनिर्मित प्रकोपबाट हुने विपद्का बेलामा हुने घटनामा परेकाको उचित उपचार गर्न, गर्नुपर्ने पूर्वतयारीका विषयमा उद्धार र उपचारका लागि कुन अस्तापलमा को र कस्तो खालको विशेषज्ञ तयारी अवस्थामा छन् भन्ने विषयमा सञ्चार र समन्वय गर्नका लागि सम्मेलनले ठूलो भूमिका खेल्ने डा बस्नेतले बताए। विपद्का बेलामा प्रभावकारी सञ्चार र समन्वय नहुँदा मानिसको ज्यान जाने भएकाले त्यससम्बन्धी सम्मेलनले अनुभव आदान–प्रदानदेखि नयाँ सीप सिक्न सम्मेलनले भूमिका खेल्ने उनले बताए ।

धुलिखेल अस्पतालका मिडिया तथा सञ्चार प्रमुख डा सुमनराज ताम्राकारले सम्मेलनमा विपद्को क्षेत्रमा काम गर्ने अमेरिका, भारत, अस्ट्रेलिया र मलेसियाका विज्ञबाट प्रशिक्षण दिने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ५ : २४ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र