२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

महाकाली पक्की पुलले जोडेको रोजगारी



कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार थिए । उनी फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउँथे। हाल कृष्णदत्तको दैनिकी फेरिएको छ । महाकाली नदीमा पक्की पुल निर्माणका साथै दोधारा चाँदनीको ग्रामीण क्षेत्र सडक सञ्जाल पुगेपछि उहाँ रोजगारीमा जोडिएका छन् ।

“पक्की पुल बनेपछि अटो किनेर चलाइरहेको छुँ, राम्रो आम्दानी छ”, उनले भने, “दोधारा चाँदनीका साथै महेन्द्रनगरसम्मै यात्रु बोकिन्छ ।” महाकाली पक्की पुलसँगै दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहसम्मको पहुँचमार्गमा पर्ने जमिनको मुआब्जा पाएपछि कृष्णदत्तको दैनिकी फेरिँदै गएको छ ।

मुआब्जाबापत पाएको रकमले उनले घर निर्माण गरेका छन् । त्यहीँ घरमा एउटा किराना पसल थापेका छन्, दुई भैँसी पालिरहेका उनी दूध पनि बेच्छन् । “पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ । रोजगारी नहुँदा जीविकोपार्जन गर्न हम्मेहम्मे पथ्र्यो”, उनले भने, “हाल घरमै रोजगारी पाएका छौँ ।”

उनका अनुसार पाँच कठ्ठा जमिनको रु ४० लाख मुआब्जा पाएका थिए । दोधारा चाँदनी–१ मा अहिले उहाँको सात कठ्ठा जमिन बाँकी छ । अटोबाट यात्रु बोकेर दैनिक रु दुई हजार आम्दानी हुने गरेको कृष्णदत्तको भनाइ छ । “सहकारीलाई दूध बेच्छौँ । सडक बनेपछि घरमै आएर रु ५० मा सहकारीले दूध लैजान्छन्”, उनले भने ।

महाकालीमा पक्की पुल निर्माण भएपछि कृष्णदत्तसँगै दोधारा चाँदनीका १० जनाले अटो किनेका थिए । अहिले दोधारा चाँदनीमा अटो व्यवसाय गर्नेको सङ्ख्या बढ्दो रहेको उनको भनाइ छ । दोधारा चाँदनी–१ का धनबहादुर बम चार वर्षअघिसम्म काम गर्न भारत जान्थे । केही वर्ष भारतमा काम गरेका उनले कोरोना महामारीका बेला घरमै बाख्रापालन गरे ।

त्यतिबेलासम्म दोधारा चाँदनीको ग्रामीण सडक कालोपत्र भइसकेको थियो । त्यसपछि चिया नास्ताको होटल व्यवसाय थालेका उनले मनग्य आम्दानी गर्दै आएका छन् । “यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे”, उनले भने, “पक्की पुलसँगै कालोपत्र बाटो बनेपछि मानिसको भीडभाड पनि बढेको छ । व्यापार पनि राम्रो छ ।”

महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको मात्रै छैन । पुलले यहाँका स्थानीयलाई रोजगारीको ढोका पनि खोलेको छ । दोधारा चाँदनी झोलुङ्गे पुलमा दुई पाङ्ग्रे सवारीसाधनमात्रै चल्ने गरेका छन् । महाकालीमा पक्की पुल नहुँदा दोधारा चाँदनीका स्थानीय भारतीय बाटोको प्रयोग गरेर शारदा ब्यारेज भएर महेन्द्रनगर आउजाउ गर्ने गरेका थिए । पक्की पुल निर्माणले भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दाको भनाइ छ । रासस

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ३२ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक