२८ माघ २०८२, बुधबार | February 11, 2026

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले आई.पि.ओ. निष्कासन गर्ने



काठमाडौ । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आई.पि.ओ. निष्कासन गर्ने भएको छ ।
जारी पूंजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको १,१६,००,००० (एक करोड सोह्र लाख) थान साधारण शेयरहरु सर्व साधारणहरुका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष श्री शिवरतन शारदाज्यूको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ ।
उपयुक्त सम्झौता अनुसार कम्पनीले सर्व साधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तरगत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको कम्पनीले नेपालको सबै भन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरि करिव १२ मेघावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको र कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनिया विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट प्रा. लि., विनयी त्रिवेणी गाँउपालिका सर्दि,पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत शेयर रहेको उक्त उद्योग विगत ५ वर्ष देखि पूर्ण संचालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न शुरु गरिसकेको छ ।

यस शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्व साधारण तर्फ रु. १ अर्व १६ करोड शेयर पूंजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ५ : १२ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले