१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको उपाधी



पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।

शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।

पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ मात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६-१६ रन बनाए । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्नु हुँदा कुशल मल्ल शून्य रनमा आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिए । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पारे । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर शाहले २७, हिमान्सु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडेका थिए । पवन सराफले नौ, इम्रान शेखले आठ, अनिल शाह छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहव आलम र विवेक यादवले तीन-तीन, सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ बनेका मधेस प्रदेशका हरिशङ्कर शाहले रु ३० हजार प्राप्त गरे ।

प्रतियोगिताभर १० विकेट लिएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिए । बागमती प्रदेशकै रित गौतम ‘बेस्ट ब्याट्सम्यान’ बने । उनीहरुले रु २०-२० हजार पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ५७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान