२७ भदौ २०८३, शनिबार | September 13, 2026

३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ताकेता- ७ दिनिभत्र सम्पर्कमा नआए अनुमति खारेज हुने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा कम्पनीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ ।

दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गरेका, तर विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्नेमा सो नदिएको भन्दै प्राधिकरणले ३० कम्पनीलाई सम्पर्कमा आउन भनेको हो ।

बक्यौता रकम तिर्नका लागि पटक-पटक सम्पर्क तथा पत्राचार गर्दा पनि कम्पनीहरु सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ ।

७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ०३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित