६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

आजको मौसम : लुम्बिनीसहित चार प्रदेशमा बिहानैदेखि वर्षा, दुईवटामा हिमपात



काठमाडौं । देशका केही भू-भागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । केही भू-भागमा हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेपालमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ५१ बजे

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले