६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो



काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले प्रकरणका आरोपी राहुल महरालाई बयानका लागि बोलाएको छ ।
विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका महरालाई उच्चस्तरीय समितिले बयान लिन बोलाएको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराका कान्छा छोरा राहुल अहिले पुर्पक्षका लागि थुनामा छन् ।
छानबिन समितिले उनलाई बयान दिन उपस्थित गराइदिन मंगलबार सुन्धरास्थित केन्द्रीय कारागारलाई पत्राचार गरेको थियो । आज कारागार प्रशासनले उनलाई सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराउन लागेको छ । राहुलसँगै तस्करीमा संलग्न भनिएका अन्य प्रतिवादीहरूको पनि बयान लिने काम भइरहेको छ।

राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १३ गते पक्राउ गरेको थियो।

 

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १२ : २७ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज