२१ भदौ २०८३, आइतबार | September 6, 2026

सोती घटनामा संलग्न २३ जनालाई जन्मकैद



कर्णाली । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका मुद्दा चलाइएका ३४ अभियुक्त मध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् । ।

सोही मुद्दामा मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी तथा उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाइएको छ ।

घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको श्रेष्तेदार शाहीले बताइन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोट भेरी नगरपालिका-४ का नवराज विकसहित गणेश बुढामगर, सञ्जिव विक, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी-१ का टीकाराम नेपालीको हत्या भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ५७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका