७ कार्तिक २०८३, शनिबार | October 24, 2026

सोती घटनामा संलग्न २३ जनालाई जन्मकैद



कर्णाली । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका मुद्दा चलाइएका ३४ अभियुक्त मध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् । ।

सोही मुद्दामा मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी तथा उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाइएको छ ।

घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको श्रेष्तेदार शाहीले बताइन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोट भेरी नगरपालिका-४ का नवराज विकसहित गणेश बुढामगर, सञ्जिव विक, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी-१ का टीकाराम नेपालीको हत्या भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ५७ बजे

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको