१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अमिर खान २४ घन्टासम्म चक्रावत मिचुआङमा फसेपछि रेस्क्यु टोलीद्वारा उद्धार



मुम्बइ । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्‍याएको छ। यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ । यसैबीच बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् ।

सामाजिक सञ्जालमा केही तस्विरहरु बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्धार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरु दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।

विष्णु विशालले आफैंले आफ्नो एक्स अकाउन्टमा केही तस्विर सेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्धार विभागसँगका केही तस्विरहरू सेयर गर्दै विष्णु विशालले क्याप्शनमा लेखेका छन्, ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद ।’ तस्बिरमा आमिर र विष्णु डुंगामा बसेका देखिएका छन् ।

आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन् । तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो । त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ४२ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा