२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अमिर खान २४ घन्टासम्म चक्रावत मिचुआङमा फसेपछि रेस्क्यु टोलीद्वारा उद्धार



मुम्बइ । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्‍याएको छ। यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ । यसैबीच बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् ।

सामाजिक सञ्जालमा केही तस्विरहरु बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्धार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरु दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।

विष्णु विशालले आफैंले आफ्नो एक्स अकाउन्टमा केही तस्विर सेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्धार विभागसँगका केही तस्विरहरू सेयर गर्दै विष्णु विशालले क्याप्शनमा लेखेका छन्, ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद ।’ तस्बिरमा आमिर र विष्णु डुंगामा बसेका देखिएका छन् ।

आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन् । तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो । त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ४२ बजे

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग