१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म



काठमाडौं । बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक सफल मानिन्छन् । अहिलेसम्म बलिउडका चार फिल्म मात्रै ‘पाँच सय करोड क्लब’ प्रवेश गरेका छन् ।

बलिउडका किङ खान शाहरुखका दुई फिल्मलाई ‘पाँच सय करोड क्लब’ को सफल मिलेको छ । बलिउडका ‘स्टार’ उनै मात्र हुन् जसको दुई फिल्मले यो सफलता हात परेको छ । यसै वर्ष प्रदर्शनमा आएका ‘पठान’ र ‘जवान’ले यो रेकर्ड राखेका हुन् ।

त्यस्तै, ‘पाँच सय करोड क्लब’मा सन्नी देवलको गदर-२ ले पनि स्थान पाएको छ । सबैभन्दा यो आँकडा पार गर्ने फिल्म प्रभासको बहुबली-२ हो ।

‘पाँच सय करोड क्लब’मा पनि शाहरुखकै राज

शाहरुखको जवान सबैभन्दा कम १३ दिनमा ‘पाँच सय करोड क्लब’मा प्रवेश गर्ने फिल्म हो । दोस्रो कम समयमा यो सफलता हात पार्ने फिल्म पनि शाहरुखकै पठान हो । बक्स अफिसमा यो सफलतामा पनि शाहरुखकै राज भएको पाइन्छ ।

त्यस्तै, गदर-२ ले २४ दिनमा यो आँकडा पार गरेको थियो । प्रभासको बहुबलीले यो सफलता हात पार्न ३४ दिन लगायो ।

कुन हिरोइनले पाए यो सफलता ?

अनुष्का शेट्टी बहुबली-२ की हिरोइन हुन् । फिल्ममा प्रभासको जोडीको भूमिकामा देखिएकी थिइन् । उनले पनि यो सफलताको महसुस गर्न पाएकी छिन् ।

त्यस्तै, पठानकी नायिका दीपिका पादुकोणले यो सफलता हात पारेकी छिन् । अमिसा पटेल गदर-२ बाट यो सफलताको हिस्सा लिन सफल भएकी छिन् । जवानकी नायिका नायन्थाराले यो सफलतामा स्थान बनाएकी छिन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ०१ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र