७ आश्विन २०८३, बुधबार | September 23, 2026

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ गंगालाख राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए । श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।

चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो । त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले त्यतिबेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको भनेका थिए । चीनमा आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध भएको देखिएको थियो ।

चीनमा उपचार गर्दा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो। उक्त अवरोध रहेको भागमा मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा अरुण मास्के समेतको चिकित्सकीय टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

मन्त्री श्रेष्ठ हाल उघन उपचार कक्ष (आईसीयू)मा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अस्पताल पुगेर श्रेष्ठको स्वास्थ्यवस्था सँगै उनको उपचारको विषयमा जानकारी लिएका हुन् । श्रेष्ठको उपचारका संलग्न चिकित्सकले उनको स्वास्थ्यावस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ५५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज