९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव



जनकपुरधाम । मधेस प्रदेशसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संविधानको अनुसूचीमा रहेका अधिकार सङ्घीय सरकारबाट प्राप्तिका लागि यथाशीघ्र पहल गर्न निर्देशन दिइयोस् भनेर पेश भएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

आजको प्रदेशसभा बैठकमा नेकपा ९एमाले०का तर्फबाट सो पार्टीको संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले सो प्रस्ताव सभासमक्ष पेश गर्नुभएको थियो । बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख बबिता राउत ईशरले सो प्रस्ताव निर्णयार्थ पेश गर्दा ध्वनि मतका आधारमा सर्वसम्मतिले पारित भएको प्रदेशसभामा घोषणा गर्नुभयो ।

त्यसअघि सो प्रस्तावमा नेपाली कांग्रेसका कुमरकान्त झा, जीवछी कुमारी यादव, जनता समाजवादी पार्टी (जसपा)का रामआशीष यादव, सरोजकुमार सिंह, जनमत पार्टीका सञ्जयकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रानी शर्मा तिवारी, नेकपा (एकीकृत समाजवादी) का रत्नेश्वर गोइत, नेकपा (माओवादी केन्द्र) का माला कर्ण, नेकपा (एमाले) का राजकुमार लेखी र स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंहसहितले समर्थन जनाएका थिए ।

त्यसैगरी सङ्कल्प प्रस्तावका विषयमा धारणा राख्दै मुख्यमन्त्री सरोजकुमार यादवले संविधानले प्रदान गरेको संवैधानिक अधिकार प्राप्त नहुँदा सङ्घीयताको पूर्ण कार्यान्वयनमा समस्या सिर्जना भइरहेको बताए । त्यसैकारण सङ्घीयता र गणतन्त्र विरोधी आवाज उठिरहेको उनले बताए ।

मुख्यमन्त्री यादवले सङ्घीयता आएको आठ वर्ष र प्रदेश सरकार गठन भएको छ वर्ष बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न नसकेको र प्रदेश सरकारसँग आफ्नो प्रहरी प्रशासन तथा निजामती कर्मचारी नभएकाले प्रभाकारी काम गर्न नसकिएको गुनासो गरे । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ३८ बजे

बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, प्रवेशमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

भ्रष्टाचार नेपालको मुख्य समस्या, भ्रष्टाचार निर्मूल पार्न माओवादीको सरकार आवश्यक : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको