२२ चैत्र २०८२, आइतबार | April 5, 2026

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ ।

बालाचतुर्दशी (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो ।

कार्यालयका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु, मदिार र नसालु पदार्थ निषेध गरिएको छ ।

बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : ४२ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा