६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु



दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका-१ बाट जग्गा नापजाँच सुरु गरेको हो ।

आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त वडाबाट जग्गा नापजाँच सुरु गरिएको सोही वडाका वडाध्यक्ष एवं बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “आयोगसँगको सहकार्यमा यसअघि सबै वडामा निस्सा वितरण भइसकेको छ । पहिलो चरणमा वडा नम्बर १ बाट काम अगाडि बढाइएको छ ।”

जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ । वडा नम्बर १ मा काम सकिएपछि क्रमशः अन्य वडामा नापजाँचको थालिनेछ ।

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र र अव्यवस्थित बसोबास गरेकालाई व्यवस्थित गरिने जानकारी दिए । उनले भने, “सुकुम्बासीलाई व्यवस्थित गर्न आयोग क्रियाशील छ ।”

राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका-५, व्यास नगरपालिकाका केही वडाका सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ ।

जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका-२, देवघाट गाउँपालिका-५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा पनि जग्गाको नापजाँच थालिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : ५७ बजे

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको

श्रम संस्कृति पार्टीद्वारा सदनमा पुनः पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख । यहाँको भैरवी गाउँ-१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो

न्यायाधीश मल्ल २० दिन बिदामा

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २०