६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राप्ती उपत्यकाको जग्गा फुकुवा गर्ने निर्णय आजबाट कार्यान्वयनमा



दाङ । लुम्बिनी प्रदेश सरकारको डेढमहिना अगाडी जग्गा फुकुवा सम्बन्धि निर्णय आजबाट कार्यान्वयनमा आएको छ । गत कार्तिक १ गतेको मन्त्रिपरिषदले प्रदेश राजधानी अन्तर्गत राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिद–बिक्रीका लागि फुकुवा गर्ने निर्णय आजबाट कार्यान्वयनमा आएको हो ।

मालपोत कार्यालय लमहीले आज एक सूचना जारी गर्दै रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको छ । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी तथा जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न नपाउने गरी खरिद बिक्रीका लागि बैधता प्रदान गरिएको मालपोत कार्यालय लमहीको सूचनामा उल्लेख गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालयको परिपत्र एवं प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयका आधारमा जग्गा खरिदविक्री फुकुवा गरिएको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुवँरले जानकारी दिए ।

राजधानी क्षेत्रमा पर्ने राप्ति गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिकाको वडा नं १, २ र ३ को जग्गा फुकुवा भएको हो । जग्गा फुकुवाका लागि स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका थिए । विसं २०७७ मा राप्ती उपत्यकालाई प्रदेश राजधानी तोकेसँगै जग्गा खरिदबिक्री रोक्का गरिएको थियो ।

प्रदेश सरकारले राप्ती गाउँपालिकाको पूरै नौ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १ : २० बजे

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौंं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय