१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

बुटवल उपमहानगरमा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक गतिबिधि ठप्प



बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयसँग कुरा नमिलेर प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल काठमाडौं हानिएपछि खाली भएको उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा मन्त्रालयले अहिलेसम्म कसैलाई नपठाएपछि उपमहानगरको कारकारवाहीमा गम्भीर असर परेको छ । कुरा नमिलेर काठमाडौं फिर्ता भएको एक महिना बढी हुँदा पनि नयाँ प्रशासकीय अधिकृत नपठाएपछि उपमहानगरको आर्थिक कामकारवाहीमा असर परेको हो ।

बुटवल छाड्नु अघि भुसालले निमित्त तोकेका कारण केही दिन अर्का अधिकृत मित्रमणी खनालले आर्थिक गतिबिधि संचालन गरेपनि भुसालले काठमाडौं पुगेपछि खनाललाई आर्थिक कारोबारको अधिकार खोसेपछि उपमहानगरको आर्थिक गतिबिधि ठप्प भएको हो । योजना सम्झौता, सम्पन्न भएका योजनाको भुक्तानी, निर्णय भएर भुक्तानी गर्न बाँकी कार्यहरु रोकिंदा उपमहानगरको समग्र कार्यसम्पादनमा नकारात्मक असर परेको उपमहानगरको कर्मचारी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार वडाहरुबाट सिफारिस भएर आएका आधा दर्जन बढी योजनाहरु सदर हुन नसकेर अलपत्र परेका छन् भने ठेक्कामा गएका फायलहरु पनि प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर नभएका कारण अलपत्र परेको छ । करार र ज्यालादारी कर्मचारीको तलव समेत रोक्का भएको छ । अघिल्लो महिनाको तलव बुझेपनि नयाँ प्रमुख नतोकिएकाले चालु महिनाको तलव रोकिन सक्ने एक कर्मचारीले अनुमान गरे ।

मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय भुसाल गएको कार्तिक २१ गते काठमाडौं फिर्ता भएका थिए । मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरित करारमा नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर गर्न दबाब सिर्जना गरेको उपमहानगरका उच्च स्रोतले दाबी गरेपनि फिर्ता भएका भुसालले भने सहमतिमै आफु फिर्ता भएको प्रतिक्रिया दिएका थिए ।

यसैबीच मेयरसँग कुरा नमिलेर फिर्ता गएका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाललाई गृहमन्त्रालयमा पदस्थापन गरिएको छ । संंघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयले भुसालाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन गरेको हो ।

मन्त्रालयले २०८० कार्तिक २० गतेको मितिमा चलानी नम्बर ११८४ को पत्र मार्फत बुटवल उपमहानगरलाई समेत बोधार्थ दिँदै भुसालको पदस्थापन बारे जानकारी गराएको छ ।

नगरप्रमुख पाण्डेयकै रोजाईमा भुसाललाई गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा गराई बुटवल उपमहानगरमा ल्याइएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  २ : ०० बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति