१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

पार्टी वैधानिकताको प्रश्न सुनियोजित षड्यन्त्र र दुष्प्रचार : कांग्रेस

आईजीपी हटाउने निर्णयमाथि उठायो प्रश्न



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औँ महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिएको छ।

साथै, ‘इनम सापकोटा प्रकरण’मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिएको विषय उठाउँदै कांग्रेसले राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाएको छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको महाधिवेशनमाथि प्रश्न उठाउने प्रयासलाई खारेज गरेका हुन्। उनले नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न महाधिवेशनको वैधानिकतामाथि श्रृङ्खलाबद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, प्रचलित कानून र विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट भएको महाधिवेशनमाथि गरिएको श्रृङ्खलाबद्ध षड्यन्त्रमार्फत नेपाली कांग्रेसका आमसदस्य र लाखौँ शुभेच्छुक सबैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुकको विश्वासलाई आघात पुर्‍याउन सक्दैन।’

कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध आधारहीन तथा कपोलकल्पित विषय उठाएर कृत्रिम भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएको छ। यस्तो प्रवृत्ति रोक्दै ‘भय र भ्रमको शासन’ बन्द गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

यसैगरी, कांग्रेसले ‘इनम सापकोटा प्रकरण’मा प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता र निर्देशनमा अनधिकृत व्यक्तिबाट फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा संवाद गर्ने जस्ता गतिविधि भएको दाबी गरेको छ।

महामन्त्री पौडेलद्वारा जारी विज्ञप्तिमा अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्ति र प्रमाणमाथि अनधिकृत नियन्त्रण तथा छेडछाड भएको विषय बाहिर आएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयसम्बद्ध व्यक्तिले अनुसन्धानमा हिरासतमा रहेका व्यक्ति र प्रमाणमा अनधिकृत नियन्त्रण गरी छेडखानी गरेका विषय बाहिर आएका छन्। प्रहरी महानिरीक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी हो।’

कांग्रेसले राज्यका स्वतन्त्र रूपमा काम गर्नुपर्ने निकायलाई शासकको स्वार्थअनुसार परिचालन गर्ने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र संविधानप्रदत्त नागरिक अधिकारमाथि गम्भीर चुनौती खडा गरेको जनाएको छ।

त्यस्तै, छनोटपूर्ण र निर्देशनात्मक अनुसन्धान आफ्ना गल्ती ढाकछोप गर्ने, प्रश्न उठाउनेलाई तर्साउने तथा प्रतिपक्षलाई कमजोर बनाउने उद्देश्यबाट भइरहेको कांग्रेसको ठहर छ।

कांग्रेसले इनम सापकोटा प्रकरणलगायत राज्य संयन्त्रको दुरुपयोग गरी भएका भनिएका सबै अनधिकृत तथा गैरकानुनी गतिविधिमाथि स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ।

महाधिवेशनको वैधानिकतामाथि उठेका प्रश्न र राज्य संयन्त्रको दुरुपयोगसम्बन्धी आरोपलाई एउटै विज्ञप्तिमार्फत सार्वजनिक गर्दै कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ६ : ४५ बजे

पार्टी वैधानिकताको प्रश्न सुनियोजित षड्यन्त्र र दुष्प्रचार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औँ महाधिवेशनको

नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी

आईजीपी हटाउने निर्णयमा रास्वपा पार्टी र सरकारको भनाइ बाझियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने