१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यसअघि प्रहरी महानिरीक्षकमा नियुक्त हुने अधिकारीलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहे पनि यसपटक गृहमन्त्री गुरुङ आफैँले केसीलाई फुली लगाइदिएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारले यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ।

कार्कीलाई हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ६ : ३४ बजे

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

नेपालगन्ज । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी

३ दशकको पीडा र एक्लोपनपछि जमुनाले पाइन् संरक्षण

बुटवल । एउटा आमाले आफ्नै सन्तान गुमाउनुको पीडा कति असह्य

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा पेस गरेको रिट आज दर्ता भएन

काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय