२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँके र बर्दियाका उद्योगी ब्यवसायीले गरे बैंकको सास्तीविरुद्ध आन्दोलनको घोषणा



नेपालगन्ज । बाँके र बर्दियाका उद्योगी ब्यवसायीले बैंक तथा बित्तीय संस्थाहरुले दिएको सास्ती विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । आज नेपालगन्जमा भएको संस्थागत भेलाले आन्दोलन परिचालन गर्नका लागि जम्बो संघर्ष समिति नै बनाएका छन् ।

बैंक तथा वित्तीय संस्थाले दिएको सास्तीविरुद्ध आन्दोलन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी संंयोजक रहेको १००१ सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । समितिको संरक्षकमा उद्योग बाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाटलाई संघर्ष समितिको सदस्य सचिव बनाइएको छ ।

नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्न परेका समस्याबारे संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमकै बीचबाट संघर्ष समिति गठन गरी आन्दोलनमा जाने निर्णय गरिएको हो ।

समितिमा बाँके र बर्दिया जिल्लामा क्रियाशील सबै उद्योगी र ब्यवसायीहरुको अध्यक्षहरुलाई सदस्यकारुपमा राखिएको छ । शुक्रबार दिउँसो सचिवालयको बैठक बसेर संघर्षका कार्यक्रमहरु तय गरिने समितिका संयोजक धामीले जानकारी दिए । उनले संघर्ष समितिलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उद्योग वाणिज्य संघले पनि समर्थन लिएर आन्दोलनमा समावेश गरिने जानकारी दिए ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : ३९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल