१२ श्रावण २०८१, शनिबार | July 27, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् । विमानस्थलमा रहेको भन्सार कार्यालयले २ जनालाई पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानमार्फत् बिहीबार राति काठमाडौं उत्रिएका गोरखा घर भएका चन्द्र घलेलाई पक्राउ गरिएको थियो । घले ठूलो परिमाणमा सुनसहित नेपाल आउन लागेको भन्ने पूर्व सूचनाका आधारमा भन्सारले निगरानी बढाएको थियो ।

घले बुधबार नै काठमाडौं आउने भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो । उनी बुधबार आएनन् । बिहीबारसम्म निगरानी जारी राखिएको अवस्थामा भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।

घले पक्राउ परेपछि उनको कल डिटेल लगायतको परीक्षणपछि बिहीबार राति नै थप १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अर्का व्यक्तिमा गोरखा नै घर भएका मिनबहादुर घले छन् ।

चन्द्रले सुनका ७ वटा विस्कुट शरीरमा लुकाइ–छिपाइ ल्याएका थिए । जोख्ने क्रमम उनले ल्याएको सुन १४ किलो देखिएको विमानस्थल भन्सार स्रोतले जानकारी दिएको छ । सुनको शुद्धता लगायत बाँकी परीक्षण भने शुक्रबार हुने बताइएको छ ।

नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले भन्सार कार्याललाई आएको सूचनाका आधारमा भन्सार र प्रहरीले संयुक्त रुपमा निगरानी गर्दा सुन बरामद भएको जानकारी दिए ।

डीआईजी चन्दका अनुसार पक्राउ परेका चन्द्रले मिनबहादुरले सुन मगाएको भनेर बयान दिएका थिए । चन्द्रको बयान र कल डिटेल परीक्षण गर्दा मिनबहादुरको संलग्नता देखिएको डीआईजी चन्द बताउँछन् ।

काठमाडौंको धुम्बाराही बस्दै आएका मिनबहादुरलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना अहिले प्रहरी हिरासतमा रहेका बताइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : २१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान