७ आश्विन २०८३, बुधबार | September 23, 2026

१४ किलो सुन प्रकरण : सरसफाई सुपरभाइजर पाण्डे पक्राउ



काठमाडौं । १४ किलो सुन बरामद प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । सुन प्रकरणको अनुसन्धानका क्रममा विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

२१ मंसिरको राति दुबईबाट काठमाडौं अवतरण गरेको विमानबाट झर्दाझर्दै गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनले प्रहरी समक्ष अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको बयान दिएको आधारमा सरसफाइ सुपरभाइजर पाण्डेलाई पक्राउ गरिएको स्रोतको दाबी छ ।

सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई यस अघि नै पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज