४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्दै



बुटवल । बुटवलको मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्ने भएको छ।

सडक क्षेत्रको हेभी इक्युपमेन्टको कार्यालयको पर्खाल र नजिकैका भवनहरु हटाएर सडक फराकिलो बनाउन शुरु गरिएको हो।

बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेकोमा निर्माण कम्पनीले २३ लाख ४५ हजारमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ।

मिलनचोकबाट पूर्व सुख्खानगर जाने बाटोको चापअनुसार बाटो साँघुरो भएकाले बाटोको क्षेत्रमा रहेको थप ८ फिटसम्मको पर्खाल र सोही क्षेत्रभित्र पर्ने भवन हटाउन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले हेभी इक्युपमेन्ट कार्यालय र स्थानीयसमेतको सहमति र सुझावअनुसार सडक फराकिलो बनाउने काम अगाडि बढाएको बताए।

‘यो बाटोमा गाडीको चाप बढी भएको र सडक साँघुरो थियो, जसका कारण दुर्घटना हुने गरेको थियो, प्रमुख पाण्डेयले भने – यो सडक फराकिलो भएपछि मिलनचोकको जाम पनि केही कम हुन्छ र सहज रुपमा गाडी आवतजावत गर्नसक्छन्।’

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको