५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोत भगवती मन्दिर पुनः निर्माण कर्ता श्रेष्ठको स्मृतिमा मल्लाजमा शोकसभा



बेनी । जलजला गाँउपालिका अन्तर्गत मल्लाज कोत भगवती मन्दिरको पुनःनिर्माण कर्ता शिवकुमार श्रेष्ठको मृत्युको १३ औ दिनमा मन्दिर प्राङ्गनमा शोसभाको आयोजना गरिएको छ । कोत भगवती पूजा समितिले श्रेष्ठको शोकमा शोकसभा राखेको हो ।

समितिका उपाध्यक्ष हरिबहादुर जीसीको अध्यक्षतामा भएको शासभामा बोल्ने वक्ताहरुले श्रेष्ठको मल्लाज बनाउने ठुलो सपना बिचमै अधुरो भएको बताए । उनीहरुले गाँउको शिक्षा र धार्मिक कार्यका लागि श्रेष्ठले गुरुयोजनाहरु बनाउँदा बनाउँदै निधन भएको बताए । काठमाडौंमा उद्योग चलाएपनि श्रेष्ठको ध्यान मल्लाज र गाँउकै सेरोफेरोमा रहने गरेको स्मरण गर्दै वक्ताहरुले परिवारलाई धैर्यधारण गर्न कोत भगवतीले शक्ति प्रदान गर्न प्रार्थना गरे ।

कार्यक्रममा पूजा समितिका पूर्व अध्यक्ष डम्बरबहादुर घर्ती, मन्दिर पुनः निर्माण समितिका संयोजक क्याप्टेन टेकबहादुर जीसी, महायज्ञका महासचिव थलबहादुर जीसी लगायतले श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।

नविन जीसीले संचालन गरेको शोकसभामा श्रेष्ठको स्मृतिमा १ मिनेट मौनधारण गरिएको थियो । मल्लाजमा जन्मेका श्रेष्ठले काठमाडौमा पस्मिना उद्योग संचालन गरेर नेपाली पस्मिनालाई अन्तराष्ट्रियकरण गर्न महत्वपूर्ण भुमिका निभाएका थिए । श्रेष्ठको गत मंसिर १० गते मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । स्वर्गीय श्रेष्ठले पर्वत मल्लाज र त्यस आसपासको स्मरणमा भाग र भोग नामको पुस्तक समेत लेखेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : ५५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं