२ कार्तिक २०८३, सोमबार | October 19, 2026

‘आलु बिक्री गर्न बजारको समस्या छैन’



रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ ।

रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन् । स्थानीयवासी ठेटराज चौलागाइँ हाल आलु लागाइएको फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयासम्ममा बिक्री गर्ने गरेको बताउँछन ।

यी फाँटहरु विपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसनले गत वर्षदेखिनै ब्यवसायिक रूपमा आलु खेती गर्दै आइरहेका छन् ।आलु खेती नगर्दा यसअघि दुईदेखि तीन बालि मात्र हुने गरको भएपनि दुई पटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्य बताउँछन ।

गाँउपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ३७ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३